शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवाकै नाममा सहमति जुटाउने संस्थापन पक्षका नेताहरुको तयारी

देउवाकै नाममा सहमति जुटाउने संस्थापन पक्षका नेताहरुको तयारी

नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरुले शेरबहादुर देउवालाई नै सर्वसम्मत रुपमा आगामी पार्टी सभापति बनाउने प्रयत्न गरेका छन्। 
 |  शनिबार, असार २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार २६, २०७८

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरुले शेरबहादुर देउवालाई नै सर्वसम्मत रुपमा आगामी पार्टी सभापति बनाउने प्रयत्न गरेका छन्। 

केन्द्रीय सदस्य वीरबहादुर बलायरको अग्रसरतामा शनिबार नयाँ बानेश्वरस्थित आनन्द इभेन्टमा भएको छलफलले देउवालाई सर्वसम्मत सभापति बनाउन प्रयास गर्ने निश्कर्ष निकालेको हो।

१३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई हराएर सभापतिमा निर्वाचित भएका देउवा १४ औं महाधिवेशनबाट दाहोरिने तयारीमा छन्। 

छलफलमा केन्द्रीय सदस्य बालकृष्ण खाँडले विकसित वर्तमान राजनीतिक घटनाक्रमको केन्द्रमा शेरबहादुर देउवा नै नभएकाले पार्टीमा उनको विकल्प नभएको बताएका थिए। ‘अहिलेको राजनीतिको केन्द्रमा सभापतिजी नै हुनुहुन्छ।

उहाँलाई पार्टी सभापति बनाउँदा हामी सबैका लागि सुखद् नै हुन्छ,’ खाँडले भनेका थिए, ‘उहाँले पुनः एकपटक सभापति हुने आकांक्षा देखाउनुभएको छ। त्यसैले हामी सबै एकजुट भएर उहाँलाई सहयोग गरौं। सकेसम्म सर्वसम्मत बनाउने कोशिस गरौं। नसके उहाँले मित्रवत् प्रतिस्पर्धा गर्नुहुने नै छ।’

छलफलमा सहभागी अन्य नेताहरुले पनि पार्टीमा अहिले देउवाको विकल्प नभएको बताएका थिए। 

छलफलमा केन्द्रीय सदस्यहरु खाँड, एनपी साउद, सुरेन्द्र पाण्डे, सीता गुरुङ, शंकर भण्डारी, चीनकाजी श्रेष्ठ, भीष्मराज आङ्दाम्बे, महेश चौरासिया, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, डिला संग्रौला, पार्वती डिसी चौधरी, महेन्द्र यादव, अजय चौरासिया, किरण गिरीलगायत उपस्थित थिए।

प्रकाशित: Jul 10, 2021| 13:52 शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।