काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षबाट विवाद समाधान कार्यदलका संयोजक सुवास नेम्वाङले आइतबार बिहान ८ बजे एमाले विवाद समाधानका विषयमा सुखद् समाचार सुन्न पाउने बताएका छन्।
शनिबार अर्थ मन्त्रालयमा भएको बैठकपछि नेम्बाङले यस्तो बताएका हुन्।
'झन्डै तीन वर्षको विवाद समाधान गर्न ढिला भएको छैन। भाषा पनि मिलिसकेको होला। यहीँ बैठक बस्छ। भोलि बिहान ८ बजे सुखद् समाचार सुन्न पाउनु हुन्छ। अहिल्यै बधाई दिए हुन्छ,' उनले भने।
यसअघि नेपाल पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले पनि भोलि सुखद् समाचार सुन्न पाउने बताएका थिए।