शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेलम्चीवासीलाई ओलीको आश्वासन, बजार सुरक्षित स्थानमा व्यवस्थापन गरिनेछ

मेलम्चीवासीलाई ओलीको आश्वासन, बजार सुरक्षित स्थानमा व्यवस्थापन गरिनेछ

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित मेलम्चीवासीलााई बजारको बस्तीलाई  सुरक्षित स्थानमा व्यवस्थापन गरिने आश्वासन दिएका छन्।
 |  शनिबार, असार २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार २६, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित मेलम्चीवासीलााई बजारको बस्तीलाई  सुरक्षित स्थानमा व्यवस्थापन गरिने आश्वासन दिएका छन्। ओलीले शनिबार बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको स्थलगत अवलोकन गर्दै मेलम्ची बजारले भोगिरहेको प्राकृतिक क्षतिको दीर्घकालीन समाधान खोज्दै बजारलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गरिने आश्वासन दिएका हुन्। ओलीले कुन ठाउँमा सारिने भन्ने चाहिँ केही बताएनन्।

उनले अहिले बाढीले क्षति पु¥याएको ठाउँमा तरकारी तथा फलफूल खेती गरिने दाबी गरे। उनले बाढी प्रभावितका लागि विभिन्न संघसंस्था र व्यक्तिद्वारा वितरण गरिएको राहत लक्षित समुदायसम्म पुग्न नसकेकाले एकद्वार प्रणालीबाट मात्रै  वितरण गर्न आह्वान गरे। 

प्रधानमन्त्री ओलीले बाढी प्रभावित मेलम्चीका सडक, पुललगायत पूर्वाधारको पुनःनिर्माणको काम तीव्र रुपमा अगाडि बढाइने प्रतिबद्धता पनि व्यक्त गरे। यस्तै ओलीले मेलम्ची बजारमा रहेको चन्द्रशम्शेरद्वारा निर्मित झोलुंगे पुललाई संरक्षण गरिने पनि बताए।

प्रकाशित: Jul 10, 2021| 13:22 शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।