काठमाडौं- एमाले कार्यदल बैठक सम्पन्न भएको छ। शनिबार साँझ ५ बजे सुरु भएको कार्यदलको बैठक करिव सवा ६ बजे सम्पन्न भएको थियो।
शनिबारको बैठकले विवाद समाधानको विषयलाई अन्तिम रूप दिने भनिएपनि आज पनि बैठकले ठोस निष्कर्ष निकाल्न नकसेको माधव कुमार नेपाल पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिए।
'हामी अन्तिम-अन्तिम अवस्थामा आइपुगेका छौँ। अब छलफलका धेरै विषय छैनन्। आजै सुखद् समाचार घोषणा गर्न सकेनौँ,' उनले भने, 'आज हामी धेरै अन्तिम बिन्दुसम्म आइपुगेका छौँ। लगभग लगभग निष्कर्षमा पुगेका छौँ।'