काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शनिबार साँझ राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच राष्ट्रपति निवासमा भेटवार्ता भएको हो।
साँझ १७:४५ बजे सुरु भएको भेटवार्ता यो समाचार तयार पार्दाको अवस्थासम्म जारी छ। भेटवार्ताको विषयबारे खुलाइएको छैन।
नेकपा एमाले विवाद समाधान कार्यदलको बैठक सिंहदरवारमा चलिरहेका बेला प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन्। यसअघि पनि पार्टीमा गम्भीर विवाद भएको अवस्थामा ओली राष्ट्रपति भण्डारीसँग भेटका लागि शीतल निवास पुग्ने गरेका थिए।