शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव नेपाल सचिवालयको दाबी : स्वास्थ्यलाभको कामना गर्न मात्र प्रचण्ड आउनुभएको हो

माधव नेपाल सचिवालयको दाबी : स्वास्थ्यलाभको कामना गर्न मात्र प्रचण्ड आउनुभएको हो

एमाले विवावद समाधानको अन्तिम रूप दिन कार्यदलको बैठक बस्नुअघि प्रचण्डसँग नेपालको भेटबारे केपी शर्मा ओली पक्ष सशंकित भएपछि नेपालको सचिवालयले यस्तो स्पष्टीकरण दिएको हो। प्रचण्ड शनिबार दिउँसो नेपाल निवास पुगेका थिए। 
 |  शनिबार, असार २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार २६, २०७८

काठमाडौँ- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालको सचिवालय नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यलाभको कामना गर्न मात्र आफ्नो निवासमा आएको दाबी गरेको छ। 

एमाले विवाद समाधानको अन्तिम रूप दिन कार्यदलको बैठक बस्नुअघि प्रचण्डसँग नेपालको भेटबारे केपी शर्मा ओली पक्ष सशंकित भएपछि नेपालको सचिवालयले यस्तो स्पष्टीकरण दिएको हो। प्रचण्ड शनिबार दिउँसो नेपाल निवास पुगेका थिए। 

'पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल विगत केही दिन यता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाह अनुसार घरमै आराम गरिरहनुभएको छ। आज नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर निवासमा पुगी उहाँको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ। उहाँको स्वास्थ्य समस्याका कारण आज संक्षिप्त भेट भएको र अन्य विषयमा कुरा नभएको स्पष्ट पार्दछु,' वरिष्ठ नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जारी गरेको विज्ञप्तिमा लेखिएको छ। 
 

प्रकाशित: Jul 10, 2021| 12:13 शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।