शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको घट्टेकुलो, मैतीदेवी र माइतीघर क्षेत्रमा डुबान

काठमाडौंको घट्टेकुलो, मैतीदेवी र माइतीघर क्षेत्रमा डुबान

काठमाडौंको मदन भण्डारी कलेज क्षेत्रका केही घरमा धोवीखोलाको बाढी पसेको छ। सडकमा रोकेर राखिएका गाडी पानीमा डुबे‍का छन्।
 |  शनिबार, असार २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार २६, २०७८

काठमाडौं- भारी वर्षाका कारण काठमाडौंको घट्टेकुलो, मैतीदेवीसहितका क्षेत्र डुबानमा परेका छन्। शनिबार दिउँसो भएको भारी वर्षाका कारण बानेश्वर, मैतीदेवी, घट्टेकुलो, माइतीघरलगायतका केही स्थानमा डुबानमा परेको प्रहरीले जानकारी दिएको छ। 

काठमाडौंको मदन भण्डारी कलेज क्षेत्रका केही घरमा धोवीखोलाको बाढी पसेको छ। सडकमा रोकेर राखिएका गाडी पानीमा डुबे‍का छन्।

अविरल वर्षाका कारण निकास नपाउँदा पानी सडकमै जम्मा हुँदा यातायात आवागमनमा समस्या भएको छ। डुबान क्षेत्रमा पानी निकासको काम र तथ्यांक लिने काम जारी रहेको प्रहरीको भनाइ छ। 

प्रकाशित: Jul 10, 2021| 11:58 शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।