शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वमुख्यमन्त्री गुरुङ भन्छन्- गण्डकी सरकारले भ्रष्टाचार सुरु गरिसक्यो

पूर्वमुख्यमन्त्री गुरुङ भन्छन्- गण्डकी सरकारले भ्रष्टाचार सुरु गरिसक्यो

कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले हालै बजेटबाट १६ करोड रुपैयाँ रकामान्तर गरेको थियो। रातो किताबमा नै नभएका विभिन्न योजना १० दिनमा सक्ने भन्दै पोखरेल नेतृत्वको सरकारले रकामान्तर गरेको भन्दै एमालेले यसअघि नै विरोध गरेको थियो। 
 |  शनिबार, असार २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार २६, २०७८

पोखरा- गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले भ्रष्टाचारको शुरुवात गरिसकेको आरोप लगाएका छन्। गण्डकीको प्रमुख प्रतिपक्षी दल एमालेका नेतासमेत रहेका  गुरुङले पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेतृत्वको प्रदेश सरकारले गैरबजेटरी रकममार्फत् भ्रष्टाचार शुरु गरिसकेको आरोप लगाएका हुन्।

'गैरबजेटरी खर्च नै भ्रष्टाचारको सुरुवात हो । उहाँहरू (मुख्यमन्त्रीसहित प्रदेश सरकार)ले भ्रष्टाचारको सुरुवात त गरिसक्नुभयो,’ उनले थपे, ‘यो १६ करोड भ्रष्टाचारको मुद्दा हुन्छ, यसमा सम्बन्धित निकायले ध्यान दिनेछ।’

कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले हालै बजेटबाट १६ करोड रुपैयाँ रकामान्तर गरेको थियो। रातो किताबमा नै नभएका विभिन्न योजना १० दिनमा सक्ने भन्दै पोखरेल नेतृत्वको सरकारले रकामान्तर गरेको भन्दै एमालेले यसअघि नै विरोध गरेको थियो। 

यसअघि एमाले नेता गुरुङ नेतृत्वको प्रदेश सरकारले जाँदाजाँदै बिना योजनाका ४ अर्ब ५१ करोड रुपैयाँ रकम बराबरको ठेक्का लगाएको आरोप लागेको थियो। 
 

प्रकाशित: Jul 10, 2021| 11:39 शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।