शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वरिष्ठ नेता पौडेलले लिए क्रियाशील छानबिन समितिको काम बारे जानकारी

वरिष्ठ नेता पौडेलले लिए क्रियाशील छानबिन समितिको काम बारे जानकारी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील छानबिन समितिको कार्यालयमा पुगेर क्रियाशील छानविन समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका छन्।
 |  शनिबार, असार २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार २६, २०७८

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील छानबिन समितिको कार्यालयमा पुगेर क्रियाशील छानविन समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका छन्।

क्रियाशिल सदस्यता छानबिन समितिले काम गरिरहेको तिलगंगास्थित नेपाल-भारत मैत्री धर्मशाला पुगेर पौडेलले क्रियाशील छानबिन समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका हुन्।

पौडेलले क्रियाशील सदस्यता छानबिन समितिले गरेको काम प्रशंसनीय भएको भन्दै समयमै टुंगो लगाउन निर्देशन दिएका थिए।

क्रियाशील छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलका अनुसार वरिष्ठ नेता पौडेलले तोकिएको समयमा पार्टीको १४ औं महाधिवेशन गराउने जिम्मा क्रियाशील सदस्यता छानविन समितिको काँधमा रहेकोसमेत बताएका थिए। 

प्रकाशित: Jul 10, 2021| 11:38 शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।