काठमाडौं- नेकपा एमाले विवाद समाधान कार्यदलमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यहरू नेता नेपालसँग छलफल गरी सिंहदरवार फर्किएपछि कार्यदल बैठक सुरु भएको छ।
शनिबार दिउँसो २ बजे कार्यदल बैठकस्थल अर्थ मन्त्रालय पुगेका नेताहरू बैठक सुरु नै नगरी नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका नेपाल पक्षका कार्यदल सदस्यहरू सिंहदरवार फर्किएपछि बैठक सुरु भएको हो।
नेता नेपाललाई भेट्न उनी पक्षका कार्यदल सदस्यहरू कोटेश्वर लागे पनि ओली पक्षका नेताहरू भने अर्थ मन्त्रालय परिसरमा नै थिए। नेपाल पक्षका कार्यदल सदस्यहरूलाई पर्खदै उनीहरूले पनि आन्तरिक छलफल गरेका थिए।
शनिबारको कार्यदल बैठकले एमाले विवाद समाधानको मस्यौदालाई अन्तिम रूप दिने दुवै पक्षका कार्यदल सदस्यहरूले बताउँदै आएका छन्।