काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै यो अवधिमा १ हजार ४३२ जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५३० जनाको पीसीआर र ३ हजार ८८७ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।