शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवा-प्रचण्डको छलफल समसामयिक राजनीतिक जटिलतामा केन्द्रित

देउवा-प्रचण्डको छलफल समसामयिक राजनीतिक जटिलतामा केन्द्रित

शनिबार दिउँसो बूढानीलकण्ठ पुगेका दाहाल र देउवाबीच समसामयिक राजनीतिक जटिलतबारे छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। भर्खरै सम्पन्न छलफलपछि दाहाल बूढानीलकण्ठबाट बाहिरिएका छन्। 
 |  शनिबार, असार २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार २६, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच समसामयिक राजनीतिक जटिलतबारे छलफल भएको छ। 

शनिबार दिउँसो बूढानीलकण्ठ पुगेका दाहाल र देउवाबीच समसामयिक राजनीतिक जटिलताका विषयमा केन्द्रित छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। भर्खरै सम्पन्न छलफलपछि दाहाल बूढानीलकण्ठबाट बाहिरिएका छन्। 

त्यसअघि शनिबारै बिहान दाहाल र नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको थियो। पछिल्लो समय नेकपा एमालेभित्रको विवाद समाधानउन्मुख भइरहेका बेला शीर्ष नेताहरुको भेटघाट बढेको छ।

यसअघि देउवाको नेतृत्वमा ५ दलीय विपक्षी गठबन्धन नै बनेको थियो। गठबन्धनमा एमालेको नेपाल पक्ष पनि सहभागी छ। 

नेपाल पक्ष पार्टीको तुष मेटाएर एमालेमै एक हुने भएपछि देखिएको शीर्ष नेतृत्वको दौडधुपलाई महत्वका साथ हेरिएको छ।

एमालेको नेपाल पक्षका सांसदहरुले यसअघि प्रतिनिधिसभा विघटनको विरुद्ध र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै सर्वोच्चमा दर्ता गरिएको निवेदनमा हस्ताक्षरसमेत गरेका छन्।

तर एमाले एक हुने भएपछि अब विपक्षी गठबन्धन कस्तो बन्छ भन्ने पनि चासोको विषय बनेको छ।

प्रकाशित: Jul 10, 2021| 10:48 शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।