शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव नेपाललाई भेटेपछि देउवालाई भेट्न बूढानीलकण्ठ पुगे दाहाल

माधव नेपाललाई भेटेपछि देउवालाई भेट्न बूढानीलकण्ठ पुगे दाहाल

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन्।
 |  शनिबार, असार २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार २६, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन्।

शनिबार दिउँसो दाहाल देउवालाई भेट्न निवासमै पुगेका हुन्। त्यसअघि बिहान दाहाल र नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको थियो। पछिल्लो समय नेकपा एमालेभित्रको विवाद समाधानउन्मुख भइरहेका बेला नेताहरुको भेटघाट बढेको छ।

यसअघि देउवाको नेतृत्वमा ५ दलीय विपक्षी गठबन्धन नै बनेको थियो। जसमा एमालेको असन्तुष्ट खेमा (नेपाल पक्ष) पनि थियो। अब नेपाल पक्ष पार्टीको तुष मेटाएर एमालेमै एक हुने भएपछि देखिएको शीर्ष नेतृत्वको दौडधुपलाई महत्वका साथ हेरिएको छ।

एमालेको नेपाल पक्षका सांसदहरुले यसअघि प्रतिनिधिसभा विघटनको विरुद्ध र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै सर्वोच्चमा दर्ता गरिएको निवेदनमा हस्ताक्षरसमेत गरेका छन्।
तर एमाले एक हुने भएपछि अब विपक्षी गठबन्धन कस्तो बन्छ भन्ने पनि चासोको विषय बनेको छ।

प्रकाशित: Jul 10, 2021| 10:35 शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।