आइतबार, जेठ ३, २०८३

अमेरिकाले दिने १५ लाख खोप पर्सि बिहान आइपुग्ने

अमेरिकाले दिन लागेको कोरोनाविरुद्धको १५ लाख खोप पर्सि सोमबार बिहान काठमाडौं आइपुग्ने भएको छ।
 |  शनिबार, असार २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार २६, २०७८

काठमाडौं- अमेरिकाले दिन लागेको कोरोनाविरुद्धको १५ लाख खोप पर्सि सोमबार बिहान काठमाडौं आइपुग्ने भएको छ।
अमेरिकाले एक डोज मात्र लगाए हुने जोन्सन एण्ड जोन्सनको १५ लाख खोप उपलब्ध गराउँदैछ।

National life

अमेरिकाले कोभ्याक्स अनुदान कार्यक्रमअन्तर्गत यो खोप नेपाललाई दिन लागेको हो। खोप सोमबार बिहान काठमाडौं आइपुग्ने जानकारी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सामाजिक सञ्जालमार्फत् दिएका छन्।

उनले खोपका लागि अमेरिकी सरकारलाई धन्यवाद दिँदै सरकारले थप खोप ल्याउने पहल जारी राखेको पनि बताएका छन्। शुक्रबार नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकाले १५ लाख नेपालीका लागि पुग्ने गरी अमेरिकाले काेराेनाविरुद्धकाे खाेप निशुल्क उपलब्ध गराउन लागेकाे जानकारी सामाजिक सञ्जालमै दिएका थिए।

यसअघि शुक्रबार बिहान सरकारले चीनबाट खरिद गरेको ८ लाख भेरोसेल खोप काठमाडौं आइपुगेको छ।

थप २२ लाख डोज खोप तत्कालै चीनबाट ल्याउने तयारीमा सरकार जुटेको छ। एकैपटक विभिन्न ठाउँबाट ठूलो संख्यामा खोप भित्रिन लागे पनि खोप लगाउने कार्यतालिका भने सरकारले सार्वजनिक गरेको छैन।

धेरै मात्रामा एकैपटक खोप आउँदा र खोपको तालिका सार्वजनिक नगर्दा खोप भण्डारणमा समेत समस्या हुने देखिएको छ।

प्रकाशित: Jul 10, 2021| 10:20 शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्