मंगलबार, माघ ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • मेस्सी र नेयमारबीच यस्तो खेल जहाँ मित्रतासँगै प्रतिष्ठाको पनि भिडन्त हुँदैछ

मेस्सी र नेयमारबीच यस्तो खेल जहाँ मित्रतासँगै प्रतिष्ठाको पनि भिडन्त हुँदैछ

१०५ वर्ष लामो इतिहास बोकेको महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाअन्तर्गत ४७ औं संस्करणको फाइनल खेल आइतबार बिहान हुँदैछ। नेयमार र मेस्सी भिड्ने यो खेल कस्तो होला त?
 |  शनिबार, असार २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार २६, २०७८

काठमाडौं- १०५ वर्ष लामो इतिहास बोकेको महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाअन्तर्गत ४७ औं संस्करणको फाइनल खेल आइतबार बिहान हुँदैछ। ब्राजिलको रियो दि जेनेरियोस्थित मराकाना रंगशालामा भोलि बिहान पौने ५ बजे सुरु हुने खेलमा भिड्दैछन्, आयोजक ब्राजिल र अर्जेन्टिना।

National life

उसो त अर्जेन्टिना यो संस्करणको कोपा आफै आयोजना गरेर उपाधि जित्न चाहन्थ्यो। तर कोभिड–१९ को महामारी कारण रोगको संक्रमण र मृत्युदर बढ्दो भएपछि उसले आयोजना गर्न सकेन। त्यसैले यो प्रतियोगिता अहिले ब्राजिलमा भइरहेको छ। छिमेकी मुलुकमा आयोजना भए पनि अर्जेन्टिना उसकै घरेलु भूमिमा आयोजकलाई हराएर उपाधि कब्जा गर्ने दाउमा छ।

कोपामा अर्जेन्टिना ब्राजिलभन्दा बलियो इतिहास भएको टिमसमेत हो। अर्जेन्टिनाले अहिलेसम्म १४ उपाधि जितेको छ। सर्वाधिक धेरै उपाधि जित्ने उरुग्वेभन्दा अर्जेन्टिना एक उपाधिले पछाडि छ। यदि उसले यो संस्करणको उपाधि जित्न सफल भए सर्वाधिक विजेता उरुग्वेसँग उपाधि संख्या बराबरी गर्नेछ। त्यसैले पनि अर्जेन्टिना कसैगरी ब्राजिललाई हराउन चहान्छ। उसलाई उरुग्वेको रेकर्डसँग बराबरी गर्ने अवसर मिल्नेछ।

यी दुई टिमबीच अहिलेसम्म १११ खेल भएका छन्। जसमा अर्जेन्टिनाले ४६ खेल जितेको थियो भने ब्राजिलले ४० खेल जितेको इतिहास छ। बाँकी २५ खेल भने बराबरीमा रोकिएका छन्।

Laxmi sunrise bank
kumari

यता १०२ वर्ष पहिले पहिलोपटक कोपाको ट्रफी उचालेको ब्राजिलले भने अहिलेसम्म नौ पटक मात्र उपाधि आफ्नो नाम दर्ता गरेको छ। त्यसैले आफूसँग उत्कृष्ट टिम रहेकै समयमा ब्राजिल कोपाको उपाधि जितेर धेरै जित्ने टिमतर्फ अग्रसर हुन चाहन्छ।

पछिल्लो रेकर्ड

कोपा सुरु हुँदाका बेलादेखि जेजस्तो रेकर्ड भए पनि यी दुई टिमबीचको पछिल्लो रेकर्ड भने केही फरक छ। दक्षिण अमेरिकाका निकट प्रतिद्वन्दीका रुपमा रहेका यी दुई टिम पछिल्लो संस्करण २०१९ को सेमिफाइनलमा भेट भएका थिए। सो खेलमा ब्राजिलले अर्जेन्टिनालाई हराएको थियो। यससँगै पछिल्ला पाँच खेलमा ब्राजिल अर्जेन्टिनासँग अपराजित छ। र, ती सबै खेल कोपाकै थिए।

 

जहाँ २०१९ को सेमिफाइनलमा ब्राजिलले अर्जेन्टिनालाई २–० गोलले हराएको थियो। त्यस्तै, २००७ को कोपामा अर्जेन्टिनाले ब्राजिलसँग ३–० गोलको हार बेहोरेको थियो भने २००४ को कोपामा २–२ गोलको बराबरी भएपछि ब्राजिलले पेनाल्टी सुटआउटमा जितेको थियो।

त्यसअघि २० औं शताब्दीको अन्तिम कोपा, स्न १९९९ मा ब्राजिलले २–१ गोलको जित निकाल्यो। साथै १९९५ को कोपामा २-२ गोलको बराबरी भएपछि ब्राजिलले टाईब्रेकरमा जित निकालेको थियो।

मेस्सी र नेयमारको घम्साघम्सी

बच्चैदेखि मेस्सीको खेल हेरेर हुर्किएका नेयमारका लागि मेस्सी आइडल हुन्। यी दुई खेलाडीले बार्सिलोनमा पनि केही वर्ष सँगै खेले। उनीहरुले त्यहाँबाट च्याम्पियन्स लिग र क्लब विश्वकपका साथै ला लिगा पनि सँगै जिते।

यता पछिल्लो समय मेस्सीले क्लब छोड्ने बताएपछि नेयमार उनलाई आफू खेलिरहेको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध गर्न चहान्थे। बार्सिलोना छोडेपछि अहिलेसम्म नेयमारले मेस्सीसँग एकै टिममा रहेर खेल्न पाएका छैनन्। तर आइतबारको फाइनलमा विश्वका ठूला फुटबलिङ राष्ट्रहरु आमनोसामने हुँदा विश्वका उत्कृष्ट दुई खेलाडी भने फरक टिममा हुनेछन्। र, उनीहरु आआफ्नो टिमका लागि लड्नेछन्।

मेस्सीले आफ्नो देशबाट कुनै उपाधि जितेका छैनन्। त्यसैले उनी नेयमारलाई हराउँदै सिनियर टिमबाट पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्न चाहन्छन्। तर नेयमार मेस्सीको त्यो इच्छा पुरा हुन नदिने बाटोमा हुनेछन्।

‘मैले सँधै भनेको थिएँ– मेस्सी जस्तो खेलाडी अरु छैनन्, मैले देखेको सबैभन्दा राम्रो खेलाडी हुन् मेस्सी र उनी एक महान साथी पनि हुन्, तर अब हामी फाइनलमा छौं, हामी प्रतिद्वन्द्वी छौं। म जित्न चाहन्छु र म साँच्चिकै ब्राजिललाई जिताउन चाहन्छु। यो उपाधि, जुन मेरो पहिलो कोपा अमेरिका हुनेछ,’ नेयमारले भनेका छन्।

ब्राजिलको फाइनल यात्रा

समूह चरण

ब्राजिल ३-० भेनेजुएला

ब्राजिल ४-० पेरु

ब्राजिल २-१ कोलम्बिया

ब्राजिल १-१ इक्वेडर

क्वार्टरफाइनल

ब्राजिल १-० चिली

सेमिफाइनल

ब्राजिल १-० पेरु

अर्जेन्टिनाको फाइनल यात्रा

समूह चरण

अर्जेन्टिना १-१ भर्सेस चिली

अर्जेन्टिना १-० उरुग्वे

अर्जेन्टिना १-० पाराग्वे

अर्जेन्टिना ४-१ बोलिभिया

क्वार्टरफाइनल

अर्जेन्टिना ३-० इक्वेडर

सेमिफाइनल

अर्जेन्टिना १-१ कोलम्बिया (३–२ पेनाल्टी सुटआउट)

फाइनल

अर्जेन्टिना - ब्राजिल

प्रकाशित: Jul 10, 2021| 13:37 शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।