शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेलम्ची बाढीपीडित प्रतिपरिवारलाई ५० हजार रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा

मेलम्ची बाढीपीडित प्रतिपरिवारलाई ५० हजार रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची बाढीपीडितलाई प्रतिपरिवार ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्।
 |  शनिबार, असार २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार २६, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची बाढीपीडितलाई प्रतिपरिवार ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्।सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित गणेशे बगरमा शनबिार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले बाढीपीडित ३६६ घरपरिवारलाई सरकारले प्रतिपरिवार ५० हजार दिने बताएका हुन्।

उनले तत्काल पीडित परिवारलाई ५० हजारका दरले राहत उपलब्ध गराउने बताउँदै निर्माणका लागि हिमाली भेगमा पाँच लाख, पहाडी भेगमा चार लाख र तराई भेगमा तीन लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।  प्रधानमन्त्री ओलीले बाढीले भत्काएको पुल र विद्यालय सरकारले बनाउने घोषणा गरे। 

ओली मेलम्चीमा बाढी आएको २६ दिनपछि नेपाली सेनाको एनए ०५३ हेलिकप्टरबाट १२ सदस्यीय टोलीसहित स्थलगत अवलोकनमा गएका हुन्।  असार १ गते हेलम्बु गाउँपालिकाले भेमाथाङ चौरमा गएको पहिरोका कारण मेलम्ची खोलामा ताल बनेको थियो। ताल फुट्दा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका तटवर्ती क्षेत्रमा अर्बौंको क्षति भएको छ। 

प्रकाशित: Jul 10, 2021| 09:24 शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।