काठमाडौं- आज (शनिबार) साँझ हुने विम्बल्डनको महिलातर्फको फाइनलमा शीर्ष वरिसयताकी अश्लेघ बार्टी र करोलिना पलिस्कोभा भिड्दैछन्। लण्डनमा साँझ पौने ७ मा हुने प्रतियोगितामा बार्टी र पलिस्कोभा उपाधिका लागि भिड्न लागेका हुन्।
अष्ट्रेलियाकी स्टार खेलाडी बार्टीले आफ्नो पहिलो विम्बल्डन उपाधिका लागि भिड्न लागे पनि उनले धेरै नहौसिएको बताएकी छन्। फाइनल खेलमा चेक गणतन्त्रकी आठौं वरियताकी पलिस्कोभासँगको खेलअघि उनले यस्तो बताएकी हुन्।
‘नयाँ इतिहास बनाउनका लागि म आफैंलाई अवसर दिएको अनुभव भइरहेको छ’, उनले भनिन्।
अष्ट्रेलियाकी पूर्वखेलाडी इवोन्नी कावलीले मेडन जित निकालेको ५० वर्षपछि उनले उपाधिका लागि भिडिरहँदा उनले आफ्नो आइडल कावलीलाई पनि सम्झिएकी छन्।
‘यो इवोन्नीका लागि निकै विषेश वर्षगाँठ हो,’ उनले खेलअघि भनेकी छन्। कावलीको सम्मानका लागि आजको फाइनल खेलमा बार्टीलले स्कलोप होम्मड ड्रेस लगाउने भएकी छन्। जुन कावलीले १९८१ टेनिस जित्दा लगाएकी थिइन्।