शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कार्यदलको आग्रहपछि युवा संघले गर्न लागेको प्रदर्शन स्थगित 

कार्यदलको आग्रहपछि युवा संघले गर्न लागेको प्रदर्शन स्थगित 

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले गर्न लागेको सडक प्रदर्शन स्थगित भएको छ।
 |  शनिबार, असार २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार २६, २०७८

काठमाडौं- नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले गर्न लागेको सडक प्रदर्शन स्थगित भएको छ।

आज दिउँसो ३ बजे गर्ने भनेको पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको युवा संघका निवर्तमान अध्यक्ष बच्चन बहादुर सिंहले जानकारी दिए।

एमाले एकता कार्यदलमा रहेका नेताहरूले वार्ता सहमतिमा पुग्न लागेका बेला सडकमा प्रदर्शन नगर्न भनेपछि कार्यक्रम रोकिएको नेताहरूले बताएका छन्।

युवासंघले निर्वाचनको पक्षमा मार्चपास गर्ने कार्यक्रम तय गरेको थियो। युवा संघका इन्चार्ज महेश बस्नेतले कार्यक्रम स्थगित गर्न निर्देशन दिएपछि युवा संघ नेतृत्वले कार्यक्रम रोकेको हो। 

एमाले एकताको लागि गठित कार्यदलले सहमतिको मस्यौदा तयार पारेको छ। आजै साँझसम्म शीर्ष नेताहरूबीच छलफल गरेर सार्वजनिक गर्ने तयारी गरिएको छ।  

कार्यदलमा एक अर्कालाई उत्तेजित पार्ने र पार्टी एकतालाई असर गर्ने खालका कुनै पनि प्रदर्शनहरू नगर्ने अनौपचारिक सहमति भएको थियो।

प्रकाशित: Jul 10, 2021| 08:39 शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।