बुधबार, असार २४, २०८३

विम्बल्डनको फाइनलमा जोकाविच र बेरेट्टिनी भिड्ने

इंग्ल्यान्डको लन्डनमा जारी विम्बल्डन प्रतियोगितामा एकल पुरुषतर्फको फाइनलमा डिफेन्डिङ च्यम्पियन नोभाक जोकोविच माथ्थिउ बेरेट्टिनीले प्रतिस्पर्धा गर्ने भएका छन्।
 |  शनिबार, असार २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार २६, २०७८

काठमाडौं- इंग्ल्यान्डको लन्डनमा जारी विम्बल्डन प्रतियोगितामा एकल पुरुषतर्फको फाइनलमा डिफेन्डिङ च्याम्पियन नोभाक जोकोविच र माथ्थिउ बेरेट्टिनीले प्रतिस्पर्धा गर्ने भएका छन्।

सेमिफाइनल खेलमा जोकोविचले क्यानडाका गेनिस शवोवालोवलाई ३–० को सोझो सेटमा हराउँदै फाइनल पुगेका थिए। प्रतिस्पर्धात्मक पहिलो सेटमा ७–६(७–३) को जित निकाले पनि दोस्रो र तेस्रो सेटमा जोकोविचले समान ७–५ र ७–५ को जित निकालेका थिए।

यता उनका फाइनल प्रतिद्वन्दी बेरेट्टिनीले सेमिफाइनल खेलमा ३–१ को सेटमा जित निकालेका थिए। उनले सेमिफाइनलमा पोल्यान्डका हुबर्ट हुकार्जलाई ६–३, ६–०, ६–७(३–७) र ६–४ को सेटमा हराएका थिए।

सातौं वरीयताका बेरेट्टिनी बिम्बल्डनको मेन्स सिंगलतर्फको  १८७६ यता फाइनलमा पुगका पहिलो इटालियन पहिलो खेलाडीसमेत हुन्।

अब इंग्ल्यान्डको घरेलु मैदानमा इटालीले युरोकपमा इंग्ल्यान्डको सामना गर्नु पूर्व इटालियन टेनिस स्टारले आइतबार जोकोविचसँग लन्डनमा विम्बल्डनको फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

‘खुसी बयान गर्ने कुनै शब्द छैन। वास्तवमै छैन,’ बेरेट्टिनीले समिफाइनल पछि भने, ‘मलाई के भयो भनेर बुझ्न अझै केही घण्टा चाहिन्छ।’

प्रकाशित: Jul 10, 2021| 06:36 शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।