सिरहा- इलाका प्रहरी कार्यालय लहानको थुनामा रहेका एक थुनुवा फरार भएका छन् ।
लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहा नवराजपुर गाउँपालिका-१, निवासी पशुपति यादव आज बिहान २ बजेको समयमा हिरासत कक्षको ग्रिल काटेर फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
फरार यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक एवम् प्रहरी प्रवक्ता सुवास बुढाथोकीले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।