शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पारपाचुके भएकी श्रीमतीको पक्षमा लागेको भन्दै भाइद्वारा दाजुको हत्या

पारपाचुके भएकी श्रीमतीको पक्षमा लागेको भन्दै भाइद्वारा दाजुको हत्या

विराटनगरमा शुक्रबार राति भाइले दाजुको हत्या गरेका छन्।
 |  शनिबार, असार २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार २६, २०७८

विराटनगर– विराटनगरमा शुक्रबार राति भाइले दाजुको हत्या गरेका छन्। विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका ३१ वर्षीय काले भनिने साजन सिंहले पारिवारिक विवादमा दाजु ४२ वर्षीय भोला सिंहको धारिलो हतियार प्रहार गरेर हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए। उनका अनुसार भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार हुन्।

लागुऔषधको दुर्व्यसनमा फसिसकेका साजनले मदिरा पिएर धारिलो हतियार प्रहार गरेर दाजुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी जिसीको भनाइ छ। उनका अनुसार पारिवारिक विवादलाई लिएर राति साढे १० बजेतिर साजनले दाजुमाथि धारिलो हतियार प्रहार गरेको पाइएको छ।

गम्भीर घाइते अवस्थाका भोलालाई तत्काल प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पुर्‍याएको थियो। तर अस्पताल पु याउनसाथ राति ११ बजे चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। हतियार प्रहारबाट भोलाको घाँटीको दायाँ भाग, टाउको र देब्रे हातको पातोमा गहिरो चोट लागेको जिसीले बताए। 

एसपी जिसीका अनुसार मृतकलाई लागेको चोटका आधारमा घटनामा धारिलो हतियार प्रयोग भएको पुष्टि भए पनि साजनले भने सोकेसको सिसाले हानेको प्रहरीलाई बताएका छन्। हत्यामा प्रयोग गरिएको हतियार फेला नपरेको प्रहरीले जनाएको छ। 

दाजुसँगको झगडामा सामान्य घाइते भएका उनलाई पनि उपचारका लागि नर्सिङ होममै भर्ना गरिएको थियो। उनी आफैं घाइते अवस्थामा रहेकाले घटनाका बारेमा धेरै कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दाजुको हत्यामा संलग्न साजनलाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ गरेका बेला उनी रक्सीको नसामा  थिए। दाजुसँगको झगडामा सामान्य घाइते भएका उनलाई पनि उपचारका लागि नर्सिङ होममै भर्ना गरिएको थियो। उनी आफैं घाइते अवस्थामा रहेकाले घटनाका बारेमा धेरै कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङका सूचक रहेका भोला भने एक महिनाअघि तालिमका लागि हेटौँडा गएको कार्यालयका प्रमुख हीरा भट्टराईले बताए। उनका अनुसार तालिम सकिएपछि उनी केही दिनअघि मात्रै बिदा लिएर विराटनगरस्थित घर आएका थिए।

दाजुको हत्या गर्ने साजनको भने गत वैशाखमा श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको पाइएको छ। मादक पदार्थ र लागुऔषध सेवन गरेर सधैँ घरमा झैझगडा तथा कुटपिट गर्ने गरेपछि श्रीमतीले सँगै बस्न नमानेर सम्बन्धविच्छेद गरेको स्थानीयको भनाइ छ।

तर, कानुनी रूपमा साजनसँग अलग भए पनि श्रीमती उनकै परिवारको संरक्षणमा थिइन्। 

प्रहरीका अनुसार श्रीमतीलाई परिवारका अन्य सदस्यले समर्थन गरेको भन्दै बारम्बार साजनले घरमा झगडा गरिरहेको पाइएको प्रहरीले जनाएको छ। त्यही विषयलाई लिएर विवाद गरिरहेको पाइएपछि साजनलाई सम्झाईबुझाई गर्न पुगेका दाजुकै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रकाशित: Jul 10, 2021| 03:21 शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।