बिहीबार, फागुन २८, २०८२

कोपा अमेरिकाः स्टपेज टाइमको गोलले कोलम्बिया तेस्रो स्थानमा

तेस्रो स्थानका लागि शनिबार बिहान भएको खेलमा जित निकाल्दै कोलम्बियाले कोपा अमेरिकामा तेस्रो स्थान हात पारेको छ।
 |  शनिबार, असार २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार २६, २०७८

काठमाडौं- तेस्रो स्थानका लागि शनिबार बिहान भएको खेलमा जित निकाल्दै कोलम्बियाले कोपा अमेरिकामा तेस्रो स्थान हात पारेको छ।

National life

खेलको स्टपेज समयमा २-२ गोलको अवस्थामा कोलम्बियाका लुइस डियाजले बक्सबाहिरबाट गरेको प्रहारले पोस्टको जाली चुम्न सफल भएपछि कोलम्बियाले पेरुलाई ३–२ गोलले हराएको हो।

कोलम्बियाको जितका लागि डियाजले दुई र योवन कुवाड्राडोले एक गोल गरेका थिए। यता पेरुका लागि योमिमर योटन र जियन्लुका लापडुलाले समान १–१ गोल गरेका थिए।

पहिलो हाफको अन्तिम मिनेटमा योटनले गोल गर्द पेरुलाई पहिलो हाफमै अग्रता दिलाएका थिए। तर, दोस्रो हाफ सुरु भएको चौथो मिनेटमै कुवाड्राडोले गोल फर्काउँदै खेललाई बराबरी बनाइहाले।

कोलम्बियाले ६६ औं मिनेटमा एक गोल थप्यो। यसपटक डियाजले गोल गरेका थिए। डियाजको गोलसँगै २–१ गोलको अग्रता बनाएको कोलम्बिया ८२ मिनेटमा पुनः बराबरीमा रोकिन पुग्यो।

Laxmi sunrise bank
kumari

८२ औं मिनेटमा खेल २–२ गोलको बराबरीमा पुग्यो। बराबरीसँगै ९० मिनेटसम्म खेल बराबरी भएको थियो। थपिएको तीन मिनेट स्टपेज समयमा डियाजले सानदार गोल गर्दै कोलम्बियालाई जित दिलाएका थिए।

तर, समूह चरणमा यी दुई टोलीबीच सम्पन्न खेलमा कोलम्बियाले पेरुसँग २–१ गोलको हार बेहोरेको थियो।

गएको मंगलबार र बुधबार बिहान सम्पन्न सेमिफाइनल खेलमा हार बेहोरेपछि पेरु र कोलम्बियाले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नु परेको थियो। ओलम्पिक रंगशालामा मंगलबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा ब्राजिलले पेरुलाई १–० गोलअन्तरले हराएको थियो।

त्यस्तै, स्टेडियो नेसनल डी ब्राजिलियामा बुधबार बिहान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भने कोलम्बियाले टाइब्रेकरमा अर्जेन्टिनासँग हार बेहोरेको थियो। 

कोपा अमेरिकाअन्तर्गत भोलि बिहान हुने फाइनल खेलमा ब्राजिलले अर्जेन्टिनाको सामना गर्नेछ।

प्रकाशित: Jul 10, 2021| 02:42 शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।