दाङ- पश्चिम दाङको बबई गाउँपालिकाले ‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम ल्याएको छ।
सरकारी स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने गर्भवतीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष सावित्री विश्कर्माले जानकारी दिइन्।
कार्यक्रमले आमा र नवजात शिशुको जीवन सुरक्षित हुने उनले बताए। भत्तारकम दुई हजार हुनेछ। सो कार्यक्रमलाई गाउँपालिकाले १० लाख बजेट विनियोजन गरेको छ।