शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विद्युत प्रसारण क्षेत्रमा रुखका हाँगाबिँगा काटिँदै, कर्णालीमा आज विद्युत अवरुद्ध हुने 

विद्युत प्रसारण क्षेत्रमा रुखका हाँगाबिँगा काटिँदै, कर्णालीमा आज विद्युत अवरुद्ध हुने 

सुर्खेतसहित कर्णाली प्रदेशमा आज (शनिबार) विद्युत अवरुद्ध हुने भएको छ। बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ।
 |  शनिबार, असार २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार २६, २०७८

सुर्खेत- सुर्खेतसहित कर्णाली प्रदेशमा आज (शनिबार) विद्युत अवरुद्ध हुने भएको छ। बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ।

कोहलपुर–सुर्खेत ३३ केभीए विद्युत प्रसारण क्षेत्रमा रुखका हाँगाबिँगाहरु काट्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ।

कोहलपुर–सुर्खेत विद्युत प्रसारण क्षेत्रमा बर्दिया राष्ट्रिय निकुञ्जसहित अधिकांश भागमा जंगल पर्दछ।

बर्खायाममा आउने हावाहुरीबाट रुखका हाँगाबिँगाहरू खसेर तारमा टाँगिने र पटक–पटक विद्युत अवरुद्ध हुन थालेपछि रुखका हाँगा काट्न परेको सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले जानकारी दिए।

कोहलपुर–सुर्खेत ३३ केभीए विद्युत प्रसारण बन्द हुँदा कर्णालीका कालीकोट, दैलेख, सुर्खेत, जाजरकोटसहित रुकुमपश्चिम र सल्यानको पश्चिम क्षेत्रमा विद्युत अवरुद्ध हुने छ।

प्रकाशित: Jul 10, 2021| 01:46 शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।