शुक्रबार, भदौ ५, २०८३

सहमतिनजिक एमाले विवाद, आज अन्तिम रूप दिइने

एमालेका नेताहरूले विवाद समाधानका लागि गठित कार्यदलमा सहमति जुटेको दाबी गरेका छन्। 
 |  शनिबार, असार २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार २६, २०७८

काठमाडौं- एमालेका नेताहरूले विवाद समाधानका लागि गठित कार्यदलमा सहमति जुटेको दाबी गरेका छन्। 

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुक्रबार करिब ७ घण्टा बसेको कार्यदलको बैठकमा सहमति जुटेको र त्यसलाई आज शनिबार अन्तिम रुप दिने नेताहरुले बताएका छन्।

कार्यदलका सदस्य प्रदीप ज्ञवालीले सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन अर्थात् भाषिक परिमार्जनलगायतका केही विषयमा आज केहीबेर छलफल हुने बताएका छन्। उनले अब एमाले नेता कार्यकर्ताको चिन्ता दूर हुने पनि बताए। 

नेकपा एमालेभित्रको विवाद मिलाउन कार्यदलका सदस्यहरू विगत १० दिनयता निरन्तर छलफलमा छन्।

एमालेले आन्तरिक विवाद मिलाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधव नेपाल पक्षका पाँच–पाँच जना सदस्यहरु रहेको कार्यदल गठन गरेको छ। 

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। यसैगरी नेपाल पक्षबाट भीम रावल, घनश्यास भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त कार्यदलमा छन्।

प्रकाशित: Jul 10, 2021| 01:18 शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।