शुक्रबार, भदौ ५, २०८३

एमाले विवाद सहमति नजिक, भोलि अन्तिम रूप दिइने

एमालेका नेताहरूले विवाद समाधानका लागि गठित कार्यदलमा सहमति जुटेको दाबी गरेका छन्।
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

काठमाडौं - एमालेका नेताहरूले विवाद समाधानका लागि गठित कार्यदलमा सहमति जुटेको दाबी गरेका छन्। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुक्रबार करिब ७ घण्टा बसेको कार्यदलको बैठकमा सहमति जुटेको र त्यसलाई शनिबार अन्तिम रुप दिने नेताहरुले बताएका छन्।

बैठकपछि कार्यदलका सदस्य प्रदीप ज्ञवालीले भने, ‘कार्यदलको आजको बैठकमा निकै लामो र सघन छलफल भएको छ। पार्टी एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेका छौं।’ उनले सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन अर्थात् भाषिक परिमार्जनलगायतका केही विषयमा शनिबार केही बेर छलफल हुने बताए। उनले भने, ‘अहिलेका जति पनि प्रश्न छन्, त्यसलाई सहमतिको विन्दुमा ल्याएका छौं।’ उनले अब एमाले नेता कार्यकर्ताको चिन्ता दूर हुने पनि बताए। 

‘हामीले आज दिनभरजसो छलफल गर्‍यौं, झण्डै आधादर्जन विषयमध्ये अधिकांशमा सहमति जुटेको छ, एकाध विषय बाँकी छन्, तीनमा भोलि छलफल गर्ने गरी आजको बैठक स्थगन भएको छ,’ विष्टले भने।

अर्का कार्यदल सदस्य गोकर्ण विष्टले पनि धेरै कुरामा सहमति जुटेको बताएका छन। ‘हामीले आज दिनभरजसो छलफल गर्‍यौं, झण्डै आधादर्जन विषयमध्ये अधिकांशमा सहमति जुटेको छ, एकाध विषय बाँकी छन्, तीनमा भोलि छलफल गर्ने गरी आजको बैठक स्थगन भएको छ,’ विष्टले भने। केके विषयमा सहमति जुटेको छ र केके विषय बाँकी छन् भन्नेबारे भने उनले केही बताउन चााहेनन्। 

सहमति फेरि भाँडिन सक्ने विषय हुन् कि भन्ने सञ्चारकर्मीको प्रश्नमा विष्टले सहमति नभाँडिने दाबी गरे। उनले पनि सबैजसो विषयमा शनिबार टुंगो लाग्ने स्पष्ट पारे।

प्रकाशित: Jul 09, 2021| 15:59 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।