शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २१ दिन जंगलमा बसेको कुरा झुटो, जात नभई उमेरका कारण किशोरीलाई घर फर्काएको अभिभावकको दाबी

२१ दिन जंगलमा बसेको कुरा झुटो, जात नभई उमेरका कारण किशोरीलाई घर फर्काएको अभिभावकको दाबी

ईलाका प्रहरी कार्यालय भजनीमा प्रकाश सम्पर्कमा आएका हुन् भने मालती धनगढी प्रहरीको सम्पर्कमा आएको प्रहरीले जानकारी दिएको छ। 
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

धनगढी- अन्तरजातीय विवाह गरेका कारण धम्की आएपछि २१ दिनदेखि जंगलमा बस्न बाध्य भएको दाबी गर्दै आएका कैलालीका किशोर-किशोरी प्रहरीको सम्पर्कमा आएका छन्। 

जिल्लाको भजनी नगरपालिका-४ का प्रकाश विश्वकर्मा र जानकी गाउँपालिकाकी मालती रावल प्रहरीको सम्पर्कमा आएका हुन्। 

ईलाका प्रहरी कार्यालय भजनीमा प्रकाश सम्पर्कमा आएका हुन् भने मालती धनगढी प्रहरीको सम्पर्कमा आएको प्रहरीले जानकारी दिएको छ। 

आफूहरुलाई ज्यान मार्ने धम्की आएको भन्दै जीवनरक्षाको माग गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनीहरूको खोजी गरेको थियो।  

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले दुवै जना सम्पर्कमा आएको र दुवै जना सुरक्षित रहेको जानकारी दिए। प्रहरीसँगको सोधपुछमा प्रकाशले आफूहरु जंगलमा नबसेको र बुटवलबाट फर्किदाँ जंगलमा भिडियो रेकर्ड गरेर पोस्ट बताएको प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ। 

किशोरले प्रहरीमा ४ गतेदेखि २३ गतेसम्म आफूहरू बुटवल बसेको बयान दिएका छन्। 'मालतीको परिवारका सदस्यले स्वीकार गर्लान् भनेर बुटवलबाट फर्किँदा एउटा जंगलमा भिडियो बनाएका हौँ,' प्रकाशलाई उद्धृत गर्दै अधिकारीले भने, 'घर फर्किएपछि किशोरीका आफन्तले थाहा पाएको र किशोरको घरबाट किशोरीलाई लगे।' 

किशोरीकी दिदी मालतीले भने जातका कारण नभएर उमेरका कारण बहिनीलाई फिर्ता ल्याइएको बताएकी छन्। मालतीको उमेर १७ वर्ष भएकाले फिर्ता ल्याएर प्रहरीलाई बुझाएको उनको भनाइ छ। 'अन्तरजातीय विवाहका कारण हामीले मालतीलाई फिर्ता ल्याएका होइनौँ। अन्तर्जातीय विवाहको विरोध गरेका पनि होइनौँ,' किशोरीकी दिदीले भनिन्, ‘उमेर नपुगी भएको विवाहको विरोध गरेका हौँ।’ 

युवकले भने विभिन्न सञ्चारमाध्यमसँग आफूहरुको विवाह भइसकेको अवस्थामा २५-३० जना आएर मालतीलाई लगेको बताएका थिए।

प्रकाशित: Jul 09, 2021| 15:32 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।