काठमाडौं- नेपाली कांग्रेसको संस्थापनइतर समूहका सभापतिका आकांक्षीहरूको भेला सकिएको छ।
बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको भेलामा १४ औं महाधिवेशनमा एक भएर जान सकरात्मक ढंगमा छलफल भएको बताइएको छ।
नेताहरुबीच महाधिवेशनमा एकता कायम गरेर अघि बढ्ने अनौपचारिक सहमति जुटेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए। आजको छलफलले संस्थापन इतरसमूहमा एकताको सम्भावनालाई बढाएको जानकारी दिए।
भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, डा. रामशरण महत, सुजाता कोइराला, डा. शेखर कोइराला र बलबहादुर केसी उपस्थित थिए।
१४ औं महाधिवेशनमा बलबहादुर केसीबाहेकका सबै नेताले सभापति पदमा आकांक्षा देखाएका छन्। नेता केसीकै पहलमा सभापतिका आकांक्षीहरूको छलफल भएको थियो।
कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि हुँदैछ।