शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाढीपहिरोमा घर भत्किएका नागरिकलाई कर्णाली प्रदेशले ५० हजार दिने

बाढीपहिरोमा घर भत्किएका नागरिकलाई कर्णाली प्रदेशले ५० हजार दिने

बाढी, पहिरोजस्ता प्राकृतिक विपदमा घर भत्किएका नागरिकलाई कर्णाली प्रदेश सरकारले ५० हजार रुपैयाँ दिने भएको छ।
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

सुर्खेत– बाढी, पहिरोजस्ता प्राकृतिक विपदमा घर भत्किएका नागरिकलाई कर्णाली प्रदेश सरकारले ५० हजार रुपैयाँ दिने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्राकृतिक विपद्का घटनाबाट पूर्ण रुपमा क्षति भएका नागरिकलाई राहतस्वरुप ५० रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवत्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीले जानकारी दिइन्।

जिल्ला प्रशासन कार्यालयहरुले पठाएको विवरणलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रमाणित गरेपछि स्थानीय तह विपद् ब्यवस्थापन समितिले पीडितलाई ५० हजारका दरले रकम उपलब्ध गराउने छ ।

यस्तै बैठकले कर्णाली प्रदेश बिपद् ब्यवस्थापन कोषमा ६ करोड जम्मा गर्ने गरेको छ। कोषमा रकम जम्मा गर्नका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयलाई रकम निकाशाका लागि स्वीकृति दिइएको छ ।

बैठकले कोरोना नियन्त्रणको लागि अग्रपंतिमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स, शबवाहन चालक र सरसफाईकर्मीलाई तलवको ५० जोखिम भक्ता उपलब्ध गराउने र मुगुको सोरु गाउँपालिकामा वित्तीय हस्तान्तरण २ करोड ५० लाख बजेट अर्थ विविध भैपरी आउने खर्च शिर्षकबाट बजेट व्यवस्था गर्न स्वीकृति दिएको मन्त्री नेपालीले बताइन्।

प्रकाशित: Jul 09, 2021| 12:47 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।