काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको विवाद संभवतः आजै टुंगो लाग्ने दाबी गरेका छन्।
सिंहदरवारमा जारी एमाले विवाद समाधान कार्यदलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले यस्तो दाबी गरेका हुन्। उनी ओली पक्षका कार्यदल सदस्य हुन्।
कार्यदल बैठक अहिले पनि सिंहदरवारमा जारी छ। एमाले विवादका समाधानका विषयमा बिहीबार साँझ कार्यदल बैठक बस्नुअघि बिहीबारै टुंगोमा पुगिने दाबी दुवै पक्षका नेताहरूले बताएका थिए।
तर बैठकबाट बाहििरिने क्रममा नेपाल पक्षका नेता घनश्याम भुसालले पनि पछिल्लो १० दिनयता कुनै ठोस प्रगति नभएको बताएका थिए।