काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा १ हजार ३१६ जना संक्रमणमुक्त हुँदा २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६५७ जनाको पीसीआर र ४ हजार ६५६ जनाको एन्टिजेन बिधिबाट कोरोना परीक्षण गरिएको थियो।
मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हालसम्म ३४ लाख ३ हजार ४१० जनाको पीसीआर र २ लाख २७ हजार २०७ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिसकिएको छ।
नेपालमा कोरोनाबाट हालसमम ९ हजार ३४० जनाको मृत्यु भएको छ।
नेपालमा कोरोनाबाट मृत्यु हुने दर १.५ प्रतिशत छ भने निको हुने दर ९४.५ प्रतिशत छ।