शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अन्तरजातीय बिहे गर्ने जोडीलाई प्रहरीले बोलायो, युवक भन्छन्– दलित भन्दै गाउँलेले कुटे

अन्तरजातीय बिहे गर्ने जोडीलाई प्रहरीले बोलायो, युवक भन्छन्– दलित भन्दै गाउँलेले कुटे

अन्तरजातीय विवाह गरेपछि २१ दिनसम्म जंगलमा लुकेर बसेका जोडी घर आएपछि युवतीका आफन्तले कुटपिट गरेको युवकले बताएका छन्। 
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

धनगढी– अन्तरजातीय विवाह गरेपछि २१ दिनसम्म जंगलमा लुकेर बसेका जोडी घर आएपछि युवतीका आफन्तले कुटपिट गरेको युवकले बताएका छन्। 

छलफल गर्ने भन्दै बोलाएपछि आफूहरु शुक्रबार आएको र युवतीका आफन्तले आफूलाई कुटपिट गरी युवतीलाई लगेको उनले बताएका छन्। 

कैलालीको भजनीका प्रकाश विश्वकर्मा र टिकापुरकी मालती रावलले असार पहिलो साता घरबाट भागेर अन्तरजातीय विवाह गरेका थिए।

विवाहपछि कसैले पनि अन्तरजातीय विवाह स्वीकार नगर्ने भनेपछि जंगलमा लुकेर बसेको प्रकाशले बताए। घर पुग्नेबित्तिकै बाइक र कारमा आएका युवतीका आफन्तले आफूलाई कुटपिट गरेर युवतीलाई लिएर गएको प्रकाशले बताए। युवतीका आफन्तले दलितलाई छोरी दिन नसकिने भन्दै जबरजस्ती युवतीलाई लगेर गएको प्रकाशले सुनाए। ‘एकपटक सोधपुछ गर्नु छ भनेर बोलाएका थिए। घर पुग्नेबित्तिकै मलाई कुटपिट गरेर मालतीलाई लगेर गए,’ उनले भने। 

युवतीका आफन्तको डरले लामो समयसम्म जंगलमा लुकेर बस्नुपरेपछि उनीहरुले सामाजिक सञ्जालमार्फत आफ्नो पीडा बाहिर ल्याएका थिए। युवकले युवतीका आफन्तले निरन्तर धम्की दिँदै आएको र त्यो प्रमाण आफूसँग भएको बताए। 

इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक नरबहादुर साउदका अनुसार पक्षलाई छलफलका लागि प्रहरी कार्यालयमा बोलाइएको छ। उनीहरु आएपछि थप कुरा थाहा हुने उनले बताए। 

प्रकाशित: Jul 09, 2021| 10:56 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।