शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अन्तरजातीय बिहे गरेर २१ दिन जंगलमा लुकेको जोडी घर फर्किएपछि निर्घात कुटपिट

अन्तरजातीय बिहे गरेर २१ दिन जंगलमा लुकेको जोडी घर फर्किएपछि निर्घात कुटपिट

कैलालीको भजनी नगरपालिका–४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल अन्तरजातीय विवाह गरेर जंगलमा लुकेको भिडियो सार्वजनिक भएको छ। उनीहरु आफूंले भिडियो बनाएर आफूहरुलाई सहयोग गर्न अनुरोध गरेका छन्। 
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

काठमाडौं– कैलालीको भजनी नगरपालिका–४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल अन्तरजातीय विवाह गरेर जंगलमा लुकेको भिडियो सार्वजनिक भएको छ। उनीहरु आफूंले भिडियो बनाएर आफूहरुलाई सहयोग गर्न अनुरोध गरेका छन्। 

परिवारको धम्की र डरका कारण घर छोडेर जंगल पसेको उनीहरुले भिडियोमा बताएका छन्। प्रकाशले भिडियोमार्फत भनेका छन्, ‘परिवारले नमानेका कारण हामी लुक्न जंगल आएका हौं। प्लिज हामीलाई साथ सहयोग गरिदिनुस्।’

२१ दिनदेखि जंगलमा लुक्दै आएका प्रकाश र मालती बेलाबेला लुकीलुकी गाउँ आउने गरेका थिए। जबरजस्ती विवाह गरेको भनेर मुद्दा हाल्ने धम्की दिएका दाजुले रुकुम काण्ड दोहोरिन सक्ने धम्की दिएको बताउँछिन् मालती भिडियोमा।

उनले भनेकी छन्, ‘हामीले मायाप्रेम गरेर विवाह गरेको हो, जबरजस्ती गरेको होइन। उनले आफू आमा बन्न लागेको कुरा पनि राखेकी छिन् भिडियोमार्फत। आफ्नै दाजुबाट घर जलाइदिने, मारिदिने धम्की आएपछि उनीहरु बाध्य भएर जंगल पसेका थिए। प्रकाश र मालतीको भिडियो सार्वजनिक भएपछि उनीहरुलाई गाउँमा बोलाइएको थियो।

दिउँसो एक बजे गाउँ फर्किएका मालती र प्रकाशलाई निर्घात कुटपिट गरेको बताउँछिन् स्थानीय कमला जिसी। उनले भनिन्, ‘मालतीलाई आफन्तले पिट्दै पिट्दै लगेका छन्।’

 

प्रकाशित: Jul 09, 2021| 10:08 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।