बुधबार, असार २४, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • यू–२३ को एसिया कप छनोटमा नेपाल, इरान, लेबनान र ताजकिस्तान एकै समूहमा

यू–२३ को एसिया कप छनोटमा नेपाल, इरान, लेबनान र ताजकिस्तान एकै समूहमा

यता आयोजक राष्ट्रका रुपमा उज्वेकिस्तानले प्रतियोगितामा स्थान बनाइसकेको छ। तालिकाको पश्चिमी क्षेत्रमा पश्चिम, दक्षिण र सेन्ट्रल जोनका २३ टिम सहभागी छन्। त्यस्तै, पूर्वी क्षेत्रमा १९ टिम सहभागी बन्नेछन्।
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

काठमाडौं- उमेर समुह यू-२३ को एसिया कप छनोटको ड्र सार्वजनिक भएको छ। एसियाली फुटबल महासंघ (एएफसी)ले सार्वजनिक गरेको तालिका अनुसार नेपाली टिमले छनोटमा अब इरान, लेबनान र ताजकिस्तानसँग खेल्नेछ।

उज्वेकिस्तानमा हुने एसिया कप २०२२ को छनोटमा अहिले नेपाल समूह 'बी'मा छ। ११ समूह रहेको छनोटमा ४२ टिम सहभागी रहेका छन्। यो छनोटबाट अब १५ टिम एसिया कपमा पुग्नेछन्।

यता आयोजक राष्ट्रका रुपमा उज्वेकिस्तानले प्रतियोगितामा स्थान बनाइसकेको छ। तालिकाको पश्चिमी क्षेत्रमा पश्चिम, दक्षिण र सेन्ट्रल जोनका २३ टिम सहभागी छन्। त्यस्तै, पूर्वी क्षेत्रमा १९ टिम सहभागी बन्नेछन्।

पश्चिमी क्षेत्रमा छ समूह छन्। पश्चिमी क्षेत्रका पाँच समूह समान ४-४ टिमका छन् भने एक समूहमा तीन टिम छन्।

त्यस्तै, पूर्वी समूहमा चारचार टिमका चार समूह छन् भने तीन टिमको एक समूह छ। यी सबै समूहका विजेता र उत्कृष्ट चार उपविजेता फाइनल प्रतियोगिताका लागि छनोट हुनेछन्।

छनोट खेल २०२१ को अक्टोबर २३ देखि अक्टोबर ३१ सम्म हुनेछ।

प्रकाशित: Jul 09, 2021| 09:24 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।