काठमाडौं- कप्तान लियोनेल मेस्सीसँगैको सम्झौता नविककरणमा आशावादी रहेको र काम अघि बढिरहेको बार्सिलोनाका अध्यक्ष जोवन लापोर्टाले बताएका छन्।
बार्सिलोनाको अध्यक्षमा निर्वाचित भएको चार महिना वितिसक्दा पनि सम्झौता नविकरण गर्न नसकेका लापोर्टाले पुनः मेस्सीको सम्झौता नविकरणबाले कुरा गरेका हुन्।
सम्झौता नविकरणमा सफल नभए पनि उनले मेस्सीसँग सम्झौता नर्गेबारे कुराकानी भने गर्दै आइरहेकै छन्। तर, अहिलेसम्म मेस्सी बार्सिलोनामा बस्ने हुन् वा होइनन भन्ने स्योर भइसकेको छैन।
सत्य त यो हो कि अहिले बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड सम्झौता विहिन छन्। जुन ३० मा नै उनको क्याम्प नोउसँगको सम्झौता सकिएको थियो।
यता गएको विहीबार आयोजित एक कार्यक्रममा मेस्सीबारे गरिएको प्रश्नमा उनले भने, ‘सबै ठिकठाक चलिरहेको छ।’ लापोर्टासँगै रहेका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यान र राफेल हुस्टेले हाँसेर अध्यक्षको समर्थन गरेका थिए।
तर, बार्सिलोनाका प्रशिक्षण स्टाफहरुले हाँसेर सहमति जनाए पनि अहिलेसम्म मेस्सीसँग कुनै सम्झौता भएका छैनन्। अहिलेको मेस्सीको तलबका कारण बार्सिलोनाको ज्याला सीमा नाघ्ने भएकाले बार्सिलोनाले मेस्सी राख्न अन्य खेलाडी बेच्नुपर्ने हुन्छ। जसले बार्सिलोनालाई गाह्रो बनाइरहेको छ।