काठमाडौं- नेकपा एमालेको कार्यदल बैठक सुरु भएको छ। आन्तरिक विवाद मिलाउन प्रयासरत कार्यदल बैठक सिंहदरबारमा बसेको हो।
बैठकमा टुंगोमा पुगेका र टुंगोमा पुग्न बाँकी विषयमा बैठकमा थप छलफल हुने बताइएको छ। नेकपा एमाले भित्रको विवाद मिलाउन कार्यदलका सदस्यहरू विगत १० दिनयता निरन्तर छलफलमा छन्।
बिहीबार बिहान पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पनि भेटवार्ता भएको थियो। एमालेले आन्तरिक विवाद मिलाउन ओली पक्ष र माधव नेपाल पक्षका पाँच–पाँच जना सदस्यहरु रहेको कार्यदल गठन गरेको छ।
कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। यसैगरी नेपाल पक्षबाट भिम रावल, घनश्यास भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त कार्यदलमा छन्।