मंगलबार, माघ ६, २०८२

ओलम्पिक बत्ती टोक्यो पुर्‍याइयो, दर्शकबिना स्वागत कार्यक्रम

कोरोना भाइरसको महामारीको जोखिमका कारण आपतकालीन अवस्था घोषणा गरिएको भोलिपल्ट ओलम्पिक बत्ती टोक्यो सहरमा पुर्‍याइएको छ।
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

काठमाडौं– कोरोना भाइरसको महामारीको जोखिमका कारण आपतकालीन अवस्था घोषणा गरिएको भोलिपल्ट ओलम्पिक बत्ती टोक्यो सहरमा पुर्‍याइएको छ।

National life

सहरमा पुर्‍याइए पनि ओलम्पिक बत्तीको स्वागत कार्यक्रममा जनताले उपस्थितिको अवसर भने पाएनन्। प्रतियोगिता सुरु हुनुभन्दा दुई हप्ताअघि शुक्रबारको झरि परिरहेको बिहानीमा ओलम्पिक बत्ती टोक्योका गभर्नर योरिको कोइकेलाई हस्तान्तरण गरिएको थियो।

यता प्रतियोगिताको केही खेलमा पनि दर्शकको उपस्थिति बन्द गरिने संकेत आयोजकले  गरेको छ। टोक्यो ओलम्पिक २०२० को आयोजक र सकारकारी अधिकारले महामारीका कारण समर्थकलाई खेलमा प्रतिबन्ध गरिने बिहीबार बेलुका सूचना जारी गरेका थिए।

यससँगै महामारीका कारण एक वर्ष धकेलिएको विश्व खेलकुदको कुम्भमेला बन्द रंगशालामा हुने भएको छ। यता हिजो नै टोक्योको स्थानीय सरकारले जापानी राजधानीभर महामारीको आपत्कालिन अवस्था घोषणा गरेका छन्।

त्यस्तै, भाषणका क्रममा थकावट महशुस गरेकी टोक्योका गभर्नरलाई खोकी लागेपछि उनी अहिले डाक्टरको निगरानीमा छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 09, 2021| 06:43 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।