काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले २०६९ सालमा पेस गरेका स्वस्थ्यतर्फ प्रमाणपत्रतहका कार्यक्रमहरूको आवेदन प्रस्तावना अद्यावधिक मापदण्ड नपुगेकाको नगर्ने जनाएको छ।
सीटीईभीटीले २०६९ जेठ २९ गतेको सूचना आनुसार प्रमतण पत्र तहका कार्यक्रम सञ्चालनका लागि प्रस्थावना पेस गरि २०७१ साउन २ गतेको सूचनाअनुसार स्थलगत निरीक्षण शुल्क दाखिला गरेका संस्थाहरू मध्ये स्वस्थ्यतर्फका कार्यक्रमहरूको आवेदन प्रस्ताव अद्यावधिक गर्नका लागि ३० दिन भित्र कागजातसहितको निवेदन पेश गर्न सम्बन्धीत संस्थाहरूलाई सूचित गरेको हो।
सीटीईभीटीले संस्था भने २०७७ असार मसान्तसम्म संस्था अद्यावधिक भएको हुनुपर्ने जनाएको छ। सीटीईभीटीले मापदण्ड पुरा गरेर सञ्चालनमा रहेका संस्थाले सम्पूर्ण कागजात पेस नगरे कार्यक्रम अद्यावधिक नभइ स्वतः रद्ध गर्ने जनाएको छ।
