बुधबार, असार २४, २०८३

कोपा अमेरिका: तेस्रो स्थानका लागि पेरु र कोलम्बिया भिड्दै

कोपा अमेरिकाअन्तर्गत भोलि शनिबार बिहान तेस्रो स्थानका लागि कोलम्बिया र पेरु भिड्दैछन्।
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

काठमाडौं- कोपा अमेरिकाअन्तर्गत भोलि शनिबार बिहान तेस्रो स्थानका लागि कोलम्बिया र पेरु भिड्दैछन्।

गएको मंगलबार र बुधबार बिहान सम्पन्न सेमिफाइनल खेलमा हार बेहोरेपछि पेरु र कोलम्बियाले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्।

ओलम्पिक रंगशालामा मंगलबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा ब्राजिलले पेरुलाई १–० गोलअन्तरले हराएको थियो।

त्यस्तै, स्टेडियो नेसनल डी ब्राजिलियामा बुधबार बिहान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भने कोलम्बियाले टाइब्रेकरमा अर्जेन्टिनासँग हार बेहोरेको थियो। निर्धारित ९० मिनेटसम्म खेल १–१ को बराबरी भएपछि कोलम्बियाले पेनाल्टी सुटआउटमा ३–२ गोलको हार बेहोरेको हो।

यससँगै अब पेरु र कोलिम्बियाबीच स्टेडियो नेसनल डी ब्राजिलियामा शनिबार बिहान हुने खेलको विजेता तेस्रो हुनेछ भने पराजित टिम चौथो हुनेछ। तेस्रो स्थानका लागि भिड्न लागेका दुवै टिम समूह बी का हुन्।

समूह चरणमा यी दुई टोलीबीच सम्पन्न खेलमा कोलम्बियाले पेरुसँग २–१ गोलको हार बेहोरेको थियो।

समूह बी को तेस्रो स्थानमा रहँदै नकआउटमा पुगेको कोलम्बियाले समूहमा एक मात्र जित निकालेको थियो। भेनेजुएलासँग गोलरहित बराबरी खेलेको कोलम्बियाले इक्वेडरलाई १–० गोलले हराएको थियो।

कोलम्बियाले ब्राजिल र पेरुविरुद्धको खेलमा समान २–१ गोलअन्तरको नतिजा विपक्षीको पोल्टामा सुम्पिएको थियो। क्वार्टरफाइनलको खेलमा उरुग्वेसँग गोलरहित बराबरी भएपछि कोलम्बियाले पेनाल्टीमा जित निकालेको थियो।

अर्को टिम पेरुले क्वार्टरफाइनल खेलमा पाराग्वेविरुद्ध टाइब्रेकरमा ४–२ गोलको जित निकालेको थियो। समूहमा दुई जितसँगै एक हार र एक बराबरी खेलेको थियो।

ब्राजिलसँग १–० गोलको हार बेहोरेको पेरुले कोलम्बियालाई २–१ र भेनेजुएलालाई १–० गोलले हराएको थियो। त्यस्तै, इक्वेडरसँग भने २–२ गोलको बराबरी गरेको थियो।

प्रकाशित: Jul 09, 2021| 05:48 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।