शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको प्रश्न- बीपी स्वास्थ प्रतिष्ठानको समस्याप्रति प्रधानमन्त्री किन मौन?

कांग्रेसको प्रश्न- बीपी स्वास्थ प्रतिष्ठानको समस्याप्रति प्रधानमन्त्री किन मौन?

वीपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा विभिन्न मागसहितर चिकित्सक, विद्यार्थी र कर्मचारी आन्दोलित हुँदा पनि सरकार मौन रहेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

काठमाडौं- वीपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा विभिन्न मागसहितर चिकित्सक, विद्यार्थी र कर्मचारी आन्दोलित हुँदा पनि सरकार मौन रहेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ। आन्दोलन भएको एक महिना पुग्न लाग्दा पनि प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले बिषयलाई गम्भीरतापूर्वक लिएर समाधान पहल नगरेको भन्दै कांग्रेसले चासो व्यक्त गरेको छ।

'प्रधानमन्त्रीको जिम्मेवारी भित्र अनेकौं बिषय पर्दछन् र छन् भन्ने तथ्यमा कसैको दुइमत छैन। तर, त्यो भनिरहँदा प्रतिष्ठानको कुलपति हुनुको गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष या भूमिका शुन्य बस्नु भनेको आफ्नो जिम्मेवारीप्रतिको चरम गैर जिम्मेवारी हो', कांग्रेसले विज्ञप्ति जारी गर्दै भनेको छ। कोभिड महामारी चलिरहेको बेला स्वास्थ प्रतिष्ठानमा लामो समय द्वन्द्व कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिकसमेतलाई गम्भीर असर पुग्ने भन्दै कांग्रेसले आन्दोलनरत पक्षका माग सम्बोधनमा सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ।

'प्रतिष्ठान भित्र अनेकन बेथिति र अराजकता रहेको विवरण पटक-पटक सार्वजनिक भएका छन्। ढाकछोप होइन त्यसको आवश्यक उपचार जरुरी छ। प्रतिष्ठानको प्रतिष्ठा र भविष्यका लागि अहोरात्र कार्य गरिरहेकाहरुको भावनामा चोट पुर्‍याएर केवल भौतिक संरचनामा संस्थाको भविष्य सुरक्षित गर्न सकिन्न। अतः आन्दोलनमा सरिक चिकित्सक, कर्मचारी र  विद्यार्थीहरुसँग सार्थक संवाद मार्फत जायज माग अविलम्ब सम्बोधन गरेर प्रतिष्ठानभित्र सहज वातावरण निर्माण गर्न नेपाली कांग्रेस कुलपति प्रधानमन्त्रीसँग माग गर्दछ', विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: Jul 09, 2021| 05:29 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।