आइतबार, चैत ८, २०८२

किन पोल्छ पिसाब?

पिसाबको माध्यमबाट हाम्रो शरीरको बिकार पदार्थ बाहिर निस्किने गर्छ। शरीरमा कुनै पनि किसिमको समस्या भए पिसाब जाँच गरेर पत्ता लगाउन सकिन्छ। 
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

पिसाबको माध्यमबाट हाम्रो शरीरको बिकार पदार्थ बाहिर निस्किने गर्छ। शरीरमा कुनै पनि किसिमको समस्या भए पिसाब जाँच गरेर पत्ता लगाउन सकिन्छ। 

National life

त्यसैले कुनै बिरामी हुँदा चिकित्सकहरूले परीक्षणका लागि पिसाबको नमुना लिने गर्छ। कहिलेकाहिँ पिसाब गर्दा जलन हुन्छ। त्यसलाई हामीले सामान्य रुपमा लिनु हुँदैन। 

पिसाब गर्दा पोल्ने वा धेरै गन्ध आउने समस्या भएमा स्वास्थ्यमा कुनै संक्रमणको जोखिम रहेको हुनसक्छ। मेडिकलको भाषामा यस किसिमको संक्रमणलाई पिसाब नलीमा हुने संक्रमाण (यूटीआई) को नामबाट पनि बुझ्न सकिन्छ। 

यूटीआईको समस्याले यूरीनरीको भागमा रहेको जस्तै मिर्गौला, रगत, पिसाब थैलीमा समस्या देखिने गर्छ। मधुमेहका रोगीहरूलाई यूटीआई हुने जोखिम उच्च हुन्छ। पुरुषको तुनामा महिलामा यो समस्या धेरै हुन सक्छ। यस्तो समस्या देखिएमा चाडै उपचार गर्नुपर्ने चिकित्सकहरूको परामर्श छ। समय मै उपचार नभए यस्तो जोखिमले मिर्गौलामा असर गर्नसक्छ।

पिसाब नलीमा संक्रमण भए पिसाब गर्दा पोल्ने हुन्छ। छोटो समयमा धेरै पटक पिसाब लाग्ने, पिसाबको मात्रा कम हुने, पिसाबको रङ्ग फेरिने (हल्का रातो, गाढा गुलाबी वा गाढा पहेलो) देखिने, पिसाबबाट असामान्य तरिकाको गन्ध आउनेलगायत समस्या देखिए हामीले समयमै उपचार गर्नुपर्छ।

Laxmi sunrise bank
kumari

यूटीआईबाट सुरक्षित रहन उच्च सावधानी अपनाउनुपर्छ। प्रयाप्त मात्रामा पानीको सेवन गर्नुपर्छ। आफूले प्रयोग गर्ने शौचालयको सरसफाइमा ध्यान दिनुपर्छ। सार्वजनिक शौचालय प्रयोग गर्नु पहिले राम्ररी सफा गरेर मात्रै प्रयोग गर्नुपर्छ। यदि यूटीआई संक्रमण छ भने अल्कोहल जन्य पियपदार्थ सेवन गर्नु हुँदैन।

प्रकाशित: Jul 09, 2021| 04:01 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्