शुक्रबार, भदौ ५, २०८३

सडकमा घाइते भेटिएका युवकको उपचारका क्रममा मृत्यु

कोसी राजमार्गअन्तर्गत मोरङको बूढीगंगा-३ स्थित सडकमा घाइते अवस्थामा भेटिएका एक युवकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ। 
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

विराटनगर- कोसी राजमार्गअन्तर्गत मोरङको बूढीगंगा-३ स्थित सडकमा घाइते अवस्थामा भेटिएका एक युवकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ। 

बूढीगंगा-३ का २० वर्षीय रामकुमार राजवंशीको बिहीबार राति विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। बूढीगङ्गा–३ स्थित शिवम् प्लाष्टिक उद्योगअगाडिको सडकमा लडिरहेको गम्भीर घाइते अवस्थामा राति १० बजेतिर राजवंशी भेटिएका थिए। 

प्रहरीले तत्काल उद्धार गरेर कोसी अस्पताल लगेको थियो। कोसीमै उपचारका क्रममा राति १०:५५ बजेतिर उनको मृत्यु भएको हो। प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा कुनै सवारी साधनले ठक्कर दिएजस्तो देखिन्छ। 

सडकको बीचमा गम्भीर अवस्थामा युवक भेटिएका कारण सवारी साधनले ठक्कर दिएको आशङ्का गरिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए। तर, कुन सवारी साधनले ठक्कर दिएको हो भन्ने खुल्न बाँकी रहेको उनको भनाइ छ। 

घाइतेको मृत्यु भएको र सवारी साधनको पहिचान खुल्न नसक्दा घटनाको अनुसन्धानमा समस्या भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 09, 2021| 02:08 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।