शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तनहुँमा पहिरोमा पुरिएको ११ घण्टापछि शव फेला, ७२ परिवार विस्थापित

तनहुँमा पहिरोमा पुरिएको ११ घण्टापछि शव फेला, ७२ परिवार विस्थापित

यहाँको ऋषिङ गाउँपालिकामा पहिरामा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला परेको छ। बिहीबार बिहान ५ बजे पहिराले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको हो।
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

तनहुँ- यहाँको ऋषिङ गाउँपालिकामा पहिरामा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला परेको छ। बिहीबार बिहान ५ बजे पहिराले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको हो।

ऋषिङ-८ माझकोटका ४० वर्षीय खुमबहादुर थापाको शव ११ घण्टापछि फेला परेको नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखा सभापति इन्द्रबहादुर आलेले जानकारी दिए। ठूलो पहिरा भएकाले धेरैबेर खोजी गर्दा पनि भेटिएको थिएन। 

प्रहरी र स्थानीयवासीले बिहानैदेखि खोजी गरे पनि साँझ मात्र शव फेला परेको हो। बिहान साढे ५ बजे घरबाट गोठमा गएका उनलाई माथिबाट पहिरो खस्दा पुरेको थियो।

पहिराले पुरिएर बिहीबार नै ऋषिङ–७ दधिवन निवासी ५२ वर्षीया देवीसरा थापाको मृत्यु भएको छ। उनको शव पनि दिउँसो मात्रै फेला परेको थियो। 

घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिराले पुरिएर उनको मृत्यु भएको थियो। मृतकका श्रीमान् भने भागेर ज्यान बचाउन सफल भएका थिए। घरबाट भाग्न खोज्दा चप्पल हिलोमा गडेको र चप्पल टिप्न खोज्दा पहिराले पुरेको स्थानीयवासीले बताएका छन्। यस्तै खोलाले बगाएर बेपत्ता हुनुभएका म्याग्दे गाउँपालिका–४ का मैतबहादुर नेपाली भने फेला पर्न नसकेको प्रहरीले जनाएको छ।

बाढीले ७२ घर विस्थापित

बाढीपहिराले तनहुँको बन्दीपुर गाउँपालिकाका ७२ घरधुरी विस्थापित भएका छन्। एउटै वडामा ४८ सहित ७२ घर बाढीपहिराबाट विस्थापित भएका हुन्। बन्दीपुर-२ खहरे, धारापानी, वडा नम्बर ३ रामकोट र वडा नम्बर ५ कल्चोकमा बाढीपहिराले ७२ घर विस्थापित भएका हुन्।

बाढीले खहरेमा १३ घर पूर्ण क्षति र नौ घर आंशिक क्षति भएको तथा २६ घर उच्च जोखिममा रहेको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन्। उनका अनुसार धारापानीमा १२ घर उच्च जोखिम, रामकोटमा सात घर र कल्चोकमा पाँच घर उच्च जोखिममा परेका छन्।

विस्थापित भएकाहरू कृषि केन्द्र र खहरे आमा समूहको भवनमा आश्रय लिन बाध्य छन्। 'घरभित्र पानी पसेर कतिपय सामग्रीमा पनि क्षति पुग्यो, बचेका सामग्रीसहित कृषि केन्द्र र खहरे आमा समूहको भवनमा स्थानान्तरण गरेका छौं', गुरुङले भनिन्। रासस

प्रकाशित: Jul 09, 2021| 01:50 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।