शुक्रबार, भदौ ५, २०८३

गौहत्या गर्ने तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले गाई काटेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले गाई काटेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। पूर्वी चितवनको कालिका नगरपालिका–१ सुन्दरबस्तीबाट उनीहरूलाई पक्राउ गरिएको हो। 

पक्राउ पर्नेमा कालिका-१ की ३२ वर्षीया उर्मिला परियार, १६ वर्षीय सविन परियार र १६ वर्षीय सुवास परियार रहेको कार्यालयले जनाएको छ। 

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनीहरूले बुधबार दिउँसो स्थानीयवासी महेन्द्र सुवेदीको केराबारी नजिक घोलको खाली जग्गामा गाई काटेका थिए। 

गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा पक्राउ परेका उनीहरूलाई पशुपक्षीसम्बन्धी कसुरमा जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ। प्रहरीले बिहीबार साँझ घटनाको विवरण सार्वजनिक गरेको हो। रासस

प्रकाशित: Jul 09, 2021| 01:26 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।