शुक्रबार, भदौ ५, २०८३

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

भरतपुर महानगरपालिका-२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ।
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

चितवन- भरतपुर महानगरपालिका-२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ। बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक आज बिहान ५:३० देखि एकतर्फी सञ्चालनमा आएको हो। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन्। सो स्थानमा वर्षा सुरु भएसँगै पटक-पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ। 

एक साताभन्दा बढी समयदेखि सो ठाउँमा पटक-पटक पहिरो खसेर दुःख दिइरहेको छ। पानी परे लगत्तै पहिरो खस्ने समस्या छ। 

प्रकाशित: Jul 09, 2021| 01:22 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।