शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशभर मनसुन सक्रिय, यी स्थानमा छ भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, यी स्थानमा छ भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसले गर्दा देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ।
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसले गर्दा देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती प्रदेशका केही स्थानमा भारी वर्षा भैरहेको छ।

शुक्रबार दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चम प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ। सुदूर पश्चिम प्रदेश र बागमती प्रदेशको एक वा दुई स्थानमा अधिक वर्षाको सम्भाना छ।

भारी वर्षा भइरहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले उच्च सावधानी अपनाउन महाशाखाको आग्रह छ। नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित: Jul 09, 2021| 01:13 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।