काठमाडौं– नायिका जेनी कुँवरको शव फेला परेको कोठामा प्रहरीले पत्र (सुसाइड नोट) भेटेको छ। थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राति उनको शव भेटिएको थियो। उनी सोही अपार्टमेन्टमा बस्दै आएकी थिइन्।
बानेश्वर वृत्तका डीएसपी मीनबहादुर लामाले भान्छामा नाइलनको डोरीमा झुन्डिएको अवस्थामा कुँवरको शव फेला परेको जानकारी दिए। घटनास्थलमा रहेका लामाका अनुसार शवसँगै भेटिएको पत्रमा लेखिएको छ, ‘मेरो मृत्युमा कसैको दोष छैन। प्रहरीले पनि सोही हिसाबले हेर्नुहोला।’
पत्रमा आत्महत्या गर्नुको कारण लामो समयदेखि बिरामी रहेको, मानसिक अवस्था ठिक नभएको र जति औषधिले पनि केही काम नगरेको उल्लेख छ। डेढ पृष्ठजतिको सो नोट उनी आफैंले लेखेकी हुन् या होइन भन्ने विषयमा परीक्षण पछि मात्र पुष्टि हुने प्रहरीले जनाएको छ।