शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुर्खेतमा कोरोनाको तेस्रो भेरियन्ट प्रतिकार्य योजना : दुईवटा अक्सिजन प्लान्ट स्थापनाको प्रस्ताव

सुर्खेतमा कोरोनाको तेस्रो भेरियन्ट प्रतिकार्य योजना : दुईवटा अक्सिजन प्लान्ट स्थापनाको प्रस्ताव

कोरोनाको तेस्रो भेरियन्टलाई लक्षित गर्दै सुर्खेतमा पूर्वतयारी थालिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतको अगुवाईमा जनस्वास्थ्य सेवा कार्यालयले सुर्खेतले तेस्रो भेरियन्टलाई सामना गर्नसक्ने गरी प्रतिकार्य योजना तयार पारेको हो।
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

सुर्खेत- कोरोनाको तेस्रो भेरियन्टलाई लक्षित गर्दै सुर्खेतमा पूर्वतयारी थालिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतको अगुवाईमा जनस्वास्थ्य सेवा कार्यालयले सुर्खेतले तेस्रो भेरियन्टलाई सामना गर्नसक्ने गरी प्रतिकार्य योजना तयार पारेको हो।

प्रतिकार्य योजनाअनुसार सुर्खेतमा दुईवटा ठूला क्षमताका अक्सिजन प्लान्टको प्रस्ताव गरिएको छ। अबको दुई महिनाभित्र फिलिङसहितका दुईवटा अक्सिन प्लान्ट स्थापना गरिसक्नुपर्ने छ। प्लान्ट स्थापनका लागि ३ करोड बराबरको बजेट व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग प्रस्ताव गरिएको छ। दुईवटा प्लान्टमध्ये एउटा प्रदेश अस्पताल हाताभित्रै र अर्काे वीरेन्द्रनगर भ्यालीबाहिर स्थापना गर्नुपर्ने छ।

त्यस्तै सुर्खेत जिल्लाभरका लागि ६०० थान अक्सिजन सिलिन्डरको व्यवस्थापन गर्न मन्त्रालयलाई प्रस्ताव गरिएको छ। हाल सुर्खेतमा २०० अक्सिजन सिलिन्डर र ५० थान अक्सिजन कन्सनट्रेटर छन्।
त्यस्तै २४ घण्टा खटाउन मिल्नेगरी चार जना चिकित्सक, चार जना नर्स र चार जना पारामेडिक्सको टोली तैनाथ हुने व्यवस्था गर्न स्वास्थ्य निर्देशनालय र मन्त्रालयसँग प्रस्ताव गरिएको छ।

तेस्रो भेरियन्टमा बालबालिकाहरु बढी जोखिममा हुने भनिएकोले प्रदेश अस्पतालमा बालबालिकाका लागि चारवटा भेन्टिलेटर, १० वटा एचडीयू बेड तयार गर्न प्रदेश अस्पताल, स्वास्थ्य निर्देशनालय र प्रदेश सरकारलाई भनिएको छ।

अबको एक महिनाभित्र आवश्यक औषधिहरु खरिद गरिसक्नुपर्ने, रेम्डेसिभिर औषधिको कमी भएकोले एकैपटक कम्तीमा ३०० जनालाई पुग्ने गरी व्यवस्था गर्नुपर्ने, प्लाज्मा थेरापीको व्यवस्था नभएकोले सुर्खेतमै गर्नुपर्ने, घर तथा टोलमै पीसीआर स्वाब लिने व्यवस्था मिलाइनुपर्ने, एम्बुलेन्स तथा शव वाहनहरु तयारी अवस्थामा राख्नुका साथै चालकहरुलाई स्वास्थ्य सुरक्षा सावधानीका बारेमा सचेत गराउनुपर्ने र कोभिड नियन्त्रण र रोकथामबारे सबै तहलाई व्यापक जानकारी र प्रचारप्रसार गर्ने काम सो कार्ययोजनामा समेटिएको छ।

कार्ययोजनामा प्रदेश अस्पताल, प्रदेश स्वास्थ्य सेवा निर्देशनालय, प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका, जिल्ला जनस्वास्थ्य सेवा कार्यालय, उद्योग बाणिज्य संघ, रेडक्रसलगायतको कार्यविभाजनसमेत गरिएको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा गठित समितिले दुई हप्ता लगाएर तयार गरेको कार्ययोजना बिहीबार साँझ प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई हस्तान्तरण गरिएको छ। 

प्रकाशित: Jul 08, 2021| 14:47 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।