काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्धको मुद्दालाई चर्चा र परिचर्चाका लागि फूलबुट्टे निवेदनको संज्ञा दिएका छन्। मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा सर्वोच्चमा दायर मुद्दामा लिखित जवाफ पेस गर्दै प्रधानमन्त्री ओलीले यस्तो संज्ञा दिएका हुन्।
'निवेदक (रिट दायरकर्ता)का दाबी द्विविधायुक्त र बहुअर्थी देखिन्छ,' सर्वोच्चलाई पठाएको ओलीको जवाफमा लेखिएको छ, 'न्यायिक विषयभन्दा राजनीतिक विषय उठान गरी फूलबुट्टा भरी बारम्बार चर्चा र परिचर्चाका लागि निवेदन (मन्त्रिपरिषद् विस्तार गर्ने ओलीको निर्णयविरुद्धको रिट) गरेको देखिन्छ।
बुधबार महान्यायाधिवक्ताको कार्यालयमार्फत् सर्वोच्च अदालतमा ओलीले १७ बुँदे जवाफ पेस गर्दै सरकार गठन र विस्तार आफ्नो स्वैच्छिक विषय भएको दाबी समेत गरेका छन्। यो विषयमा अदालत प्रवेश गर्न नमिल्ने उनको जिकिर छ।
‘प्रतिनिधिसभा विघटन भएको अवस्थाको प्रधानमन्त्रीले मौजुदा मन्त्रिपरिषदलाई विस्तार गर्न, कार्यविभाजन गर्न तथा कुनै मन्त्रालयको जिम्मेवारी कुनै मन्त्रीलाई सुम्पन नसक्ने भन्ने हुँदैन,' ओलीको जवाफमा उल्लेख छ।
कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद विस्तार अवैधानिक भएको भन्दै सर्वोच्चमा रिट परेको थियो। उक्त मुद्दामा सुनुवाइ गर्दै सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै लिखित जवाफ माग गरेको थियो।
सर्वोच्चमा ओलीले पठाएको जवाफको पूर्णपाठ




