शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल पक्षका कार्यदल सदस्य पन्त भन्छन्- आज सहमतिको मस्यौदा फाइनल हुन्छ

नेपाल पक्षका कार्यदल सदस्य पन्त भन्छन्- आज सहमतिको मस्यौदा फाइनल हुन्छ

नेपाल पक्षका कार्यदल सदस्य पन्त भन्छन्- आज सहमतिको मस्यौदा फाइनल हुन्छ
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका रघुजी पन्तले एमाले विवाद समाधानमा लागि समझदारी भएकाले बिहीबार साँझको बैठकले त्यसको मस्यौदा फाइनल गर्ने बताएका छन्। 

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच देखिएको विवाद मिलाउनका लागि बनेको कार्यदलको बिहीबार साँझको बैठकस्थल प्रवेश गर्नुअघि नेपाल पक्षका कार्यदल सदस्य पन्तले यस्तो प्रतिक्रिया दिएका हुन्। 

यस्तै नेपाल पक्षकै अर्का कार्यदल सदस्य रघुजी पन्तले बैठकले मस्यौदाको फाइनल गर्ने बताए। 'आज सहमतिको मस्यौदा फाइनल हुन्छ। सबै फाइनल हुने होइन। मस्यौदामा सबै कुरा नअट्न पनि सक्छ,' उनले भने, 'यहाँ हामी मिल्ने हो। मिलिसके जस्तै हो। शीर्ष नेताहरूबीचमा पनि छलफल हुनुपर्‍यो।' 

नेपाप पक्षकै कार्यदल सदस्य सुरेन्द्र पाण्डेले पनि एकखाले समझदारी बनेको र त्यसलाई अन्तिम रूप दिने तयारीका साथ बैठकमा आएको बताएका थिए। 'हामीले आज टुंगोमा पुर्‍याउने भन्ने हो। अहिले छलफल गर्छौँ। त्यसपछि के हुन्छ हेरौँ,' उनले भने, 'करिब-करिब एकखालको समझदारी जस्तो बनेको अवस्था छ। त्यसलाई अन्तिम रुप दिन पर्‍यो। त्यसैको तयारी छ।'

प्रकाशित: Jul 08, 2021| 13:55 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।